मालिकामा युवा सम्मेलन बाट २०८० घोषणा पत्र जारी  : पालिकाले सुरु गर्यो युवाका मुद्दामा बहस !



माघ २७ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले मालिका युवा सम्मेलन बाट २०८० घोषणा पत्र जारी गरेको छ । ८ वटा वडामा युवा क्लब गठन गरि पालिका स्तरीय युवा संजाल गठन गरेर युवा सम्मेलन गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए । शनिबार गाउँपालिकाको केन्द्र अर्खबाङमा ६४ जना युवाहरुलाई सहभागी बनाई युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सुरु गरिएको हो ।
साथै पालिका भित्रका १० जना  युवा उद्यमीलाई सम्मान सङै उनिहरुको अनुभव आदानप्रदान समेत गरिएको शिक्षा शाखाका सुरज जिसीले जानकारी दिए ।
त्यस्तै युवाहरुले वर्तमान समस्या ,आफ्नो अवस्था ,स्थानीय सरकारले गर्नु पर्ने सहयोगको बारेमा आफ्ना भनाई समेत राखेका थिए । युवा सम्मेलन बाट १० बुदे घोषणा पत्र जारी गरी सरोकारवाल निकायले प्रतिबद्धता समेत जाहेर गरेका छन । प्रतिबद्धता पत्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्री ,गाउँपालिका अध्यक्ष देवीराम अर्याल ,उपाध्यक्ष उपेन्द्र अर्याल , प्रमुख प्रशासकीय अधिकृत विकास खनाल ,जिल्ला युवा समिति गुल्मीका अध्यक्ष सालिकराम बस्नेत , वडा नम्बर तीनाका वडा अध्यक्ष ज्ञान कुमार बुढा,४ का अध्यक्ष नारायण अर्याल र ८ का वडा अध्यक्ष सुर्य बहादुर जिसी, पुर्व वडा अध्यक्ष शोभाखर गिरी लगायतले हस्ताक्षर गरेका छन । दस बुदे घोषणा पत्रमा युबाहरूको सहभागितामा गाउँपालिकाको युवा नीति यथाशीघ्र निर्माण गरी हरेक युवाहरूलाई अपनत्व हुने गरी कार्यान्वयनका लागि विशेष पहल गर्ने ,स्थानीय तथा प्रदेश सरकारको योजना तथा नीति निर्माणमा युवाहरूको सहभागिता तथा भूमिका विषयमा स्थानीय तथा प्रदेश सरकार संग संवाद गर्ने र त्यसको कार्यान्वयनका निम्ति सक्रिय रूपमा युवाहरूलाई परिचालन गर्ने ,स्थानीय स्तरबाटै लैङ्गिक समानताका निम्ति युवाहरूको भूमिका निर्माण गरी सबै क्षेत्रहरूमा बराबर अर्थपूर्ण लैङ्गिक सहभागिताको सुनिश्चितता गराउन युवाहरूलाई सक्रिय रूपमा अगाडि बढाउने ,युवाहरूको सहभागिताहरूलाई संस्थागत गर्नका लागि पहल गर्ने ,सरसफाई तथा वातावरण संरक्षणका लागि टोल सुधार समिति तथा स्थानीय समूह, क्लब तथा संघ संस्थाहरूलाई उत्तरदायी बनाउने, युवाहरूलाई स्वदेशमै टिकाउन रोजगारी, सिप विकास तथा उद्यमशीलता विकासका लागि उचित नीति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न ३ वटै सरकार संग पहल गर्ने ,नि:शुल्क गुणस्तरीय शिक्षाको व्यवस्थाका लागि पैरवी गर्ने , स्थानीय पर्यटकीय तथा धार्मिक क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनका लागि समुदाय स्तरबाटै पहल र पैरवी गर्ने , दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण तथा प्राप्तिका लागि स्थानीयस्तर मै सक्रिय युवा भूमिका निर्वाह गर्ने, सामुदायिक शान्ति तथा सहकार्यका लागि आपसी भाईचारा तथा सम्बन्धहरूलाई बलियो बनाउनका लागि सम्बन्धित निकायहरूसंग सहकार्य गर्ने विषय उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिती गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले युवालाई सदैव सकारात्मक सोच राखेर काम गर्न आग्रह गरे ।
त्यस्तै गाउँपालिका अध्यक्ष देवीराम अर्यालले युवाहरुले उठाएको माग ,विषयवस्तुलाई गाउँपालिकाले नीति तथा कार्यक्रमको रुपमा अगाडी बढाई युवालाई पालिका भित्रै उद्यमी बनाउने पालिकाको लक्ष्य रहेको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता