मालिकामा सूचना प्रविधि अधिकृत पौडेलको अध्यक्षतमा स्थानीय तह करार कर्मचारी मञ्च गठन



फागुन- ७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका करार कर्मचारीहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले गाउँपालिकाका सुचना प्रविधि अधिकृत जगत बहादुर पौडेलको अध्यक्षतमा १७ सदस्यीय स्थानीय तह करार कर्मचारी कार्यसमिति मञ्चको गठन गरेको छ ।
जसको उपाध्यक्षमा देवीका विक,सचिवमा कमल नेपाली र कोषाध्यक्षमा इश्वरा विक रहेका छन् ।
करार सेवामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेसागत हकहित,थप क्षमता वृद्धि ,कार्यअनुभव आदन प्रदान, राम्रा कार्यको अनुकरण गर्ने र करार कर्मचारीहरुका समस्यालाई सांगठनीक रुपमा समाधान गर्नको लागी मञ्च निर्माण गरिएको हो ।
शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका रित बहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै निष्ठा पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले गाउँपालिकाको समग्र विकासको लागी करार कर्मचारी मेरुदण्ड भएको उल्लेख गरे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले गाउँपालिकाको विकास,सुशासन तथा सेवा प्रवाहमा करार कर्मचारीको मुख्य भुमिका रहेको बताए । मालिका गाउँपालिकाका करारका कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताउदै आगामी दिनमा पनि त्यसलाई निरंतरता दिन आग्रह गरे ।
सम्मेलनमा गाउँपालिकाको कार्यालय र गाउँपालिका अन्तरगतका विभिन्न कार्यालयबाट ५५ जना करार कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता