मालिकाका किशोरकिशोरी र अभिभावकले गरे बालविवाह नगर्ने, नगराउने प्रतिबद्धता



फागुन २७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका किशोरकिशोरी र अभिभावकले बालविवाह नगर्ने र नगराउने प्रतिबद्धता जाहेर गरेका छन ।
पालिकाले सुरु गरेको बालविवाह न्यूनीकरण  अभियानलाई साथ दिदै पालिका भित्रका करिब २५ सय अभिभावक र किशोरकिशोरीले बालविवाह नगर्ने ,नगराउने र बालविवाह भएको ठाँउमा नजाने तथा भोज नखाने कुरामा प्रतिबद्धता जनाउदै हस्ताक्षर गरेका हुन ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकलाई बालविवाह पछि हुने सामाजिक ,शारीरिक ,मानसिक र कानुनी समस्या बुझाउन जुना नामक चलचित्र प्रदर्शन गरिएको हो । उक्त चलचित्र हेरेपछि अभिभावक र किशोरकिशोरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न सहमत भएका हुन ।
बालविवाह न्यूनीकरणको लागि पालिकाले पहिलो चरणमा गाउँपालिका भित्रका मावी तहका विद्यालयमा चलचित्र प्रदर्शन गरेको हो ।
फागुन २२ गते मालिका गाउँपालिका २ को च्यानडाडा मावी बाट सुरु गरिएको अभियान फागुन २६ गते मालिका मावी ८ मर्भुङ्गमा समापन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख टीका गौतमले बताए ।
गाउँपालिका भित्र बालविवाहका घटना बढे पछि पालिकाले त्यस तर्फ चासो दिएको उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
आगामी दुई वर्ष भित्र बालविवाह मुक्त गाउँपलिका घोषणा गर्ने लक्ष्यका साथ विविध काम गरिरहेको उपाध्यक्ष अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता