महायज्ञको मुख्य उद्देश्य रुरु क्षेत्रधामको पर्यटन विकास !

डि.बि खड्का गुल्मी
गुल्मीको को र्एतिहासीक तथा धार्मिक क्षेत्र रुरु धाम क्षेत्रको पर्यटन प्रवद्धर्न गर्नको लागी र्एतीहासीक महायज्ञको आयोजना गरिने भएको छ । र्एतिहासीक तथा ठुलो धार्मिक महत्त्व रहेको यस क्षेत्रलाई अन्तराटिष्य स्तर सम्म चिनाउने र यहाँको भौतिक संमरचना निर्माण तथा पुन निर्माण ,गौशाला निर्माण गर्न महायज्ञको मुख्य उद्देश्य रहेको महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजले बताउनु भयो ।
यहीँ भदौ २८ गते देखी आश्विन १७ गते सम्म सञ्चालन हुने महायज्ञमा सोह्र श्राद्धको पावन अवसरमा सम्पूर्ण पितृहरूको विधिवत् श्राद्ध गरी उद्धार गरिने,एक्काइस करोड दीप प्रज्वलन गरिने, उमेर पुगेका इच्छुक जोडीहरूको २१ सयमा विवाह गरिने, देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त सङ्गीतमय र लिलामय कलाकारहरूको उपस्थिति रहने बताइएको छ ।
महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरूको उल्लेखीय सहभागिता गराउने लक्ष्य राखिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।