बेपत्ता वृद्वा मृत फेला !



सन्तोष महतारा भदौ १८ गुल्मी ।
गुल्मीमा हराइरहेकी ७० वर्षीया वृद्धा मृत फेला परेकी छिन् । विगत आठ दिनदेखि हराइरहेकी जिल्लाकाे इस्मा गाउँपालिका-५ की ७० वर्षीया ज्ञानुमाया बस्नेत साेमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशाेर प्रधानले जानकारी दिए ।

उनका अनुसार, हराइरहेकी बस्नेत गाउँपालिकाकाे वडा नम्बर ४ कुबिन्ने भन्ने स्थानकाे जंगलमा मृत फेला परेकी हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको छ ।

मृतक बस्नेतकाे गुल्मीको सदरमुकाम स्थित गुल्मी अस्पतालमा पाेष्टमार्टमपछि अन्त्येष्टि गरिनेछ । ज्ञानुमाया बस्नेत वास्तविक नाम भएकी ठुलाघरे कान्छी दिदि भनेर चिनिने बस्नेत साेमबार गत दिउँसोदेखि सम्पर्कबिहिन भएको आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले खाेजीकार्य तिव्र पारेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीले जनाएको छ । सम्पर्कबिहिन ज्ञानुमाया १७ वर्षअघि श्रीमान बेपत्ता भएपछि एक्लै बस्दै आएकी थिइन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता