बुद्धि जिसीले भने ,मलाई जिताएर पठाउनुस पाँच वर्ष सबैको साझा बनेर काम गर्छु



असोज २७ गुल्मी ।

गुल्मी २ प्रदेश ख को संयुक्त गठबन्धनका उम्मेदवार बुद्धि जिसीले आफुले निर्वाचन जितेको खण्डमा पाँच वर्ष सबैको साझा बनेर काम गर्ने बताएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
म माओवादीको नेता भए पनि अहिले म गठबन्धनको साझा उम्मेदवार हुँ मलाई जिताउनु भयो भनी पाँच वर्ष सम्म सबै जनताको साझ भएर विकासको काम गर्छु एक दिन पनि भागदिन ।
साथै पुर्व सहकर्मी तथा अहिलेका प्रतिस्पर्धी तर्फ लक्षित गर्दै उनले भने ” प्रदेशमा सरकार फेरबदल हुँदा संसदहरु किनबेछ हुन्छन् ,लोभमा परि जनताको चाहाना विकासको भरोसा माथी लात हान्दै पार्टीनै परिवर्तन गर्छन तर म त्यस्तो कदापि गर्ने छैन पाँच वर्ष सम्म तपाईंहरुकै दुस्ख सुखमा रहने छु ” ।
त्यस्तै गठबन्धनको प्रसङ्गमा नेता जिसीले केही समय अघि सम्म गठबन्धनको बारेमा खिसिटिउरी गर्ने एमाले अहिले आएर गठबन्धनकै भरमा निर्वाचनमा जान लागेको तर त्यो गठबन्धन अपवित्र रहेको बताएका हुन ।
राप्रपा तर्फ सङ्केत गर्दै गणतन्त्र विरोधीहरुलाई साथमा लिएर एमालेले देशको व्यवस्थानै पल्टाउन र गणतन्त्रलाईनै खतरामा पार्न लागेको नेता जिसीले उल्लेख गरे ।
साथै काङ्ग्रेस माओवादी समाजवादी तथा अन्य दल बिच भएको गठबन्धनको बारेमा समेत उनले प्रष्ट पारेका छन । काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता