बर्दिवासमा नेकपा मालेका महासचिव मैनाली चढेको गाडी दुर्घटना !



दिपक पाण्डेय,१५ फागुन, महोत्तरी ।

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ ।

दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ । गाडी बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।झापाबाट काठमाडौंतर्फ आउदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।दुर्घटनामा मैनाली र बुहारी पूजा सख्त घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बुहारीका दुवै खुट्टा भाँचिएका छन् । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार पछी मध्यपूर्बी पृतना हेडक्वाटर किसाननगर सेनाको एमआई १७ हेलिकप्टरबाट मैनालीलाई काठमाडौं ल्याइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता