बडिगाडलाई स्तब्ध पार्दै मालिका रनिङ शिल्लडको उपाधि तिखिचुली युवा क्लबको हातमा !



फागुन ३ गुल्मी ।
मालिका गाउँपालिका द्वारा आयोजित ,मालिका रनिङ शिल्डको उपाधि तिखिचुली युवा क्लबले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा उसले बडिगाड गाउँपालिकाको कर्मचारी समुहलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।
सुरुवाती दुई खेलमा आफ्नो बर्चस्व कायम गर्दै दुबै खेल जिते पनि तेस्रो खेलमा तिखुचुली युवा क्लब पराजय हुन पुग्यो । तर चौथो खेलमा लयमा फर्किदै क्लबले विपक्षीलाई १२-२५ को अन्तरले हराएको थियो ।
तिखिचुली युवा क्लबले ३५ हजार नगद सहित ,मालिका रनिङ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको बडिगाड गाउँपालिकाको कर्मचारी समुहले नगद २५ हजार मेडल प्रमाणपत्र प्राप्त गर्दा तेस्रो भएको मालिका गाउँपालिकाको जनप्रतिनिधिको समुहले १५ हजार र सान्त्वना भएको छापहिलेको शिक्षकको समुहले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी असिम पुन मगर र उत्कृष्ट सटर नबिन भण्डारी मगर छनोट भए उनिहरुले दुबै जनाले नगद २५ सय सहित मेडल प्राप्त गरेका छन् ।
प्रतियोगितामा धुर्कोट,मदाने,इस्मा,बागलुङको बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा आयोजक मालिका गाउँपालिकाका विभिन्न समूह सहित २४ समुहको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता