प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थ सम्मानित



अनिल खत्री
३ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थसम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सातौं जिल्ला अधिवेशनको अबसरमा उत्कृट कार्याकाल अन्तर्गत श्रष्टा सम्मानद्धारा सम्मानित भएका हुन् ।
पन्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका निर्वतनमान अध्यक्ष समेत हुन् । पन्थलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्री लगायतले दोसल्ला सम्मान पत्रले सम्मान गरेका थिए ।
पन्थले आफनो कार्यकालमा संस्थालाई उच्च स्थानमा पुराउन सफल भएका थिए । प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता