प्युठानमा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु !



कात्तिक -२७ गुल्मी ।

प्युठानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्वर २ ददेरी निवासी ११ वर्षीय सुदिप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले गुल्मी अपडेटलाई बताए ।
पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नंवरको मोटरसाईलकलले शनिबार दिउँसो ददेरीमा ठक्कर दिएको थियो। जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मोटरसाईकलको पछाडी बस्ने एकजनालाई भने प्रहरीले तत्काललै नियन्त्रणमा लिएको थियो भने फरार भएका मोटरसाईकल चालक नरेश भण्डारीलाई दाङबाट पक्राउ गरिएको र अनुसन्धान अगाडी बढाईएको प्युठानका प्रहरीले जनाएको छ । घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले सडकमै शव राखेर अहिले दर्भान -भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता