पुल्चोक कप: सिद्धबाबा मावीको विजय सुरुवात



डिबी खड्का -असोज १० गुल्मी ।
चौथो पुल्चोक कप २०८० मा सिद्धबाबा माविले विजय सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा उसले भगवती माद्यामिक विद्यालय  रेसुङ्गा १० सिमिचौरलाई  ३-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
खेलमा आफ्नो वर्चस्व जमाएको सिद्धबाबा माविको लागि केशरी पुनले २  र क्याप्टेन कुसुम विश्वकर्माले १ गोल गरिन ।
सिद्धबाबा माविले पुल्चोक कपका सबै संस्करणको उपाधी हात पार्न सफल भएको विद्यालय हो ।
अहिले पनि पनि यस विद्यालयलाई उपाधिको दाबेदार मानिएको छ  । प्रतियोगितामा उपाधी हात पार्ने विद्यालयले ३० हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्ने छ ।
आज पहिलो दिन तीन वटा खेल हुने हुनेछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता