पुल्चोक कप: तीन पटकको विजेता सिद्धबाबा मावीलाई पेनाल्टी सुट आउटमा हराउदै रिडर्स फाइनलमा !



असोज १२ गुल्मी ।
पुल्चोक कप २०८० मा रिडर्स पब्लिक हाई स्कुल फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा उसले लगातार तीन पटक उपाधी चुमेको सिद्धबाबा माविलाई पेनाल्टी सुट आउटमा ४-१ ले हराउदै फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समय र थपिएको अतिरिक्त १५ मिनेटमा दुबै टोली बाट गोल हुन नसके पछि खेलको छिनोफानो पेनाल्टी सुट आउट बाट गरिएको हो ।
पेनाल्टी सुट आउटमा रिडर्स पब्लिक हाइ स्कुलकी गोककिपरले उत्कृष्ट प्रदर्शन गर्दै दुई वटा गोल रोकिन । सिद्धबाबा माविको लागि मात्रै कुसुम नेपालीले गोल गरिन भने अन्य खेलाडीले गोल गर्न सकेन ।
रिडर्सका चारै जना खेलाडी गोल गर्न सफल भए अंकिता क्षेत्री,कुस्बु सारु,बेबिशा सोमै,सोनिया भुजेलले गोल गरिन।
रिडर्सले अब उपाधीको लागि महेन्द्र मावी संग खेल्ने छ ।
महेन्द्र मावीले आज भएको पहिलो सेमिफाइनल खेलमा अर्जुन इङलिस बोर्डिङ स्कुललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको हो ।

महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पुल्चोक क्लबले वार्षिकोत्सबको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले बताए ।
प्रतियोगितामा उपाधी हात पार्ने विद्यालयले ३० हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्नेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता