पुल्चोक कप: अर्जुनलाई पेनाल्टी सुट आउटमा ६-५ ले स्तब्ध पार्दै महेन्द्र फाइनलमा प्रवेश !



डिबी खड्का असोज १२ गुल्मी ।
सदरमुकाम तम्घासमा चलेको चौथो पुल्चोक कप २०८० मा महेन्द्र नमुना माद्यामिक विद्यालय फाइनल प्रवेश गरेको छ ।
उसले आज भएको पहिलो सेमिफाइनल खेलमा अर्जुन इङलिस बोर्डिङ स्कुललाई पेनाल्टी सुट आउटमा ६-५ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समय सम्म र थपिएको अतिरिक्त १५ मिनेट सम्म दुबै टोली बाट गोल नभए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
पहिलो पेनाल्टी सुट आउट ३/३ को बराबरीमा सकिए पछि पुनः पेनाल्टी हुँदा महेन्द्र माविका तीन जना खेलाडीले गोल गरे भने अर्जुनका दुई जना मात्रै खेलाडी गोल गर्न सफल भए ।
खेल अबधि भर दुबै टोलीले उत्कृष्ट मौका पाए पनि गोल गर्न चुकेका थिए ।
आजै हुने दोस्रो सेमिफाइनलमा तीन पटकको विजेता सिद्धबाबा मावी र रिर्डस पब्लिक हाइ स्कुल बिच खेल हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता