पायल खनाल बनिन् मालिका तारा २०८० को बिजेता !



फागुन ३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले आयोजना गरेको मालिका लोक तारा २०८० जो बिजेता पायल खनाल बनेकी छन । ४८ जना प्रतियोगीलाई पछाडी पार्दै मालिका ५ छापहिलेकी खनाल मालिका तारा बनेकी हुन ।
उनले २५ हजार नगद सहित मालिका ताराको प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै उपविजेता मालिका ३ ह्वाङ्दीकी सुस्मिता बुढा मगर बनेकी छन् । उनले १५ हजार नगद हात पारिन ।
माघ २१ गते देखि पालिकाका विभिन्न वडामा भएको अडिशन बाट सेमिफाइनलमा १४ जना छनोट भएका थिए । ती मध्य ६ जना अन्तिम राउन्डमा प्रवेश गरेका थिए ।
सेमिफाइनल तथा फाइनलमा राउन्डको अडिशन मुख्य जर्ज बरिस्ठ लोकदोहोरी गायक सन्तोष केसी,कलाकार अनिल खत्री र सर्जक बासुदेव पोख्रेलले गरेका थिए ।
मालिका गाउँपालिकाले लोक तारा कार्यक्रमको आयोजना गरेर कला सस्कृती संगै लोक गितको संरक्षण गरेको गायक केसीले बताए ।
मालिका गाउँपालिका लोक कला संस्कृतिमा प्रख्यात गाउँपालिका हो । कला संस्कृती तथा सम्पदाको संरक्षणमा मालिका गाउँपालिकाले विभिन्न काम गर्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता