पहिलो घटनाको दोषी पत्ता नलाग्दै दोस्रो पटक वडा कार्यालयमा चोरि



१२ असोज, गुल्मी –

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालयमा पटक पटक तोडफोड गरि चोरी गर्दा समेत अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।
गत वर्षको पुस ९ गते राती वडा कार्यालय तोडफोड गरि नगद ३५ हजार चोरीको घटनाको दोषी पत्ता नलाग्दै पुनः दोस्रो पटक चोरी भएको छ ।

गएराती वडा कार्यालयको ताल्चा तोडी नगद ६० हजार र ल्यापटप चोरी भएको वडा सचिवलाई उद्धृत गर्दै वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए ।

आइतबार बिहान मर्भुङ प्रहरी चौकीले घटनाको स्थलगत अध्ययन गरेको र घटनाको अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले जनाएको छ ।

पहिलो घटना घटेको १० महिना पुगिसक्दा पनि दोषी पत्ता नलाग्नु र पुनः दोस्रो पटक चोरी हुनुले स्थानीय त्रसित बनेका छन् भने सुरक्षा निकायमाथि समेत प्रश्न चिन्ह खडा भएको छ ।

बाक्लो समाजका बिच रहेको वडा कार्यालय जस्तो सार्वजनिक सम्पत्ति पटक पटक चोरी हुनु र दोषी पत्ता लाग्न नसक्नु रहस्यमय विषय बनेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनालाई गम्भीरतापुर्वक लिएको र कडा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक केदार पन्तले बताएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता