परराष्ट्र मन्त्री ज्ञवाली द्धारा गुल्मीमा १५ शैयाको अस्पताल शिलान्यस



माघ ११ गुल्मी ।

गृह जिल्ला गुल्मीमा रहेका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आइतवार १५ शैयाको अस्पताल शिलायन्स गरेका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ४ -शान्तीपुरमा नेपाल सरकारको स्वास्थ्य नीति अन्र्तगत एक स्थानीय तह एक स्वास्थ्य अस्पताल कार्यक्रम अनुसार चन्द्रकोट गाउँपालिकाकामा १५ शैयाको अस्पताल शिलान्यस गरिएको हो ।

शिलान्यस गदै मन्त्री ज्ञवालीले नेपाल सरकारको नीति हरेक गाउँगाउँमा स्वास्थ्य सेवा पुराउने रहेको बताए । साथै ” नागरिकाहरु स्वास्थ्य सेवा बाट बञ्चीन नहुन भनेर हरेक वर्ष स्वास्थ्यमा करोडौं रकम सरकारले लगानी गदै आएको र लगानीको परिणम विस्तारै देखिने बताए “। त्यस्तै यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले निर्धारीत समय दुई वर्षमै अस्पतालको भवन नेपाल सरकारको मापदण्ड अनुसार निमार्ण सम्पन्न गर्ने प्रतीबद्धता जनाए ।

उक्त स्वास्थ्य संस्थाको लागी चन्द्रकोट गाउँपालिकाको पहलमा नि : शुल्क जग्गा उपलब्ध गराइएको थियो । गाउँपालिकाको पहलमा स्थानीय २५ जनाले शान्तीपुरमा करोडौ रकम पर्ने ९ रोपनी दुइ आना जग्गा नि शुल्क प्राप्त भएको हो । नि शुल्क जग्गा प्रदान गर्ने सबैलाई आज सम्मान समेत गरिएको छ ।
साथै अहिले सम्म गाउँपालिकाकले सार्वजनिक संस्थाका कार्यालयहरु निमार्णको लागी २२ रोपनी जग्गा प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता