पन्छीं संरक्षण संघद्धारा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



अनिल खत्री
१२ पुस, गुल्मी । जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएतापनि औद्योगिकी करण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्याँसको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीव्रता आएको छ । विद्यार्थीलाई यसबारे जानकारी गराउने उदेश्यले गुल्मीजिल्ला सदरमुकाम तम्घासमा जलवायु परिवर्तनमा हाम्रो दायित्व शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तव्यकला सम्पन्न भएको छ ।
नेपाल पन्छीं संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण संमायोजन कार्यक्रम गुल्मीको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । मंगलवार जिल्लाको सदरमुकाम तम्घास सम्पन्न “जलवायु परिवर्तनमा हाम्रो दायित्व” शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
जसमा महेन्द्र माबी, सिद्वबाबा माबी, गण्डकी इङ्गिस बोर्डिङ स्कुल, आदर्श विद्या आश्रम ,अर्जुन आवसिय मावी, उपल्लो तम्घास मावी, निजि तथा सरकारी गरि ७ विद्यालयले सहभागीता जनाएका थिए । सहभागिहरुमध्ये प्रथम, अनमोल क्षेत्री अर्जुन आवसिय मावी, द्वितीय अनामिका परियार, गण्डकी वोडिङ्ग स्कुल, तृतीय अनोज पन्थी अर्जुन आवसिय मावी, शान्त्वना कल्याण मरासिनी महेन्द्र मावी भएका थिए ।
उनिहरुलाई नगद प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरुले जलवायु परिवर्तनमा हाम्रो दायित्व शिर्षकमा रचनात्मक प्रस्तुति राखेका थिए । सहभागीहरुले लामो समय सम्म स्थिर हुनुपर्ने जलवायु अनपेक्षित रुपमा हाल सम्म परिवर्तन आउन नसएको उनिहरुले बताए ।
जलमुखी विस्फोट, हरित गृह ग्यास, पानीको बाफ समेत जलवायुमा समस्या निम्ताएको सहभागीले वक्तव्यकलामा प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पन्छीं संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थी जलवायु परिर्वतनले पछिल्लो समय नकारात्मक असर बेहोर्नु परेको बताए ।
मानवले अफ्नो भलाइका निम्ति प्रकृतिको बिनास गर्दै अवेस्थित वसोबास लगायतका कारणले जलवायु परिवर्तन भइरहेको उनले बताए । पशुपन्छी र प्रकृति र मानव जातीमा असन्तुलन वातावरण भएकाले जलवायुमा समस्या निम्ताएको बताएका थिए ।
वन बिनास, पशुपालन, गाडी र कलकारखानाले जलवायु परिवर्तन जलवायु परिवर्तनले स्वास्थ्य, कृषि, जङ्गल, पानी, समुन्द्री सतह, पशुपन्छीमा क्षेत्रगत असर पारिरहेको उनले बताए । उनले विद्यार्थी मार्फत जनचेतना सबै माझ पुराउने उदेश्यले यस्तो कार्यक्रम राखिएको पन्थीले बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय निमित्त कार्यालय प्रमुख मुना शर्मा, साहयक वन अधिकृत गोकुल सुनार लगायतले बिभिन्न कारणले जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा डिभिजन वन कार्यालय निमित्त कार्यालय प्रमुख मुना शर्मा, साहयक वन अधिकृत गोकुल सुनार लगायतले बिभिन्न कारणले जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका वन रक्षक घनश्याम आचार्य, थानेश्वर खनालले कार्यक्रमको सहजीकरण गरेका थिए । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्र र मदाने वन क्षेत्रमा जलवायु परिवर्तन र चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता