पद गुमाएका सांसद पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश



भदौ -८ गुल्मी ।
नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद गुमाएका दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

दिनेश पन्थी गुल्मीको २ नम्वर क्षेत्र अन्र्तगत प्रदेश (ख) बाट माओवादी केन्द बाट निर्वाचित भएका थिए । पछि नेकपा विभाजन भए संगै एमाले रोजे पछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओबादीको कारबाही पछि सांसद पद गुमाएका पन्थीले पुनर्बहालीका लागि सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यस्तै अर्का प्रदेश सांसद दधिराम न्यौपानेलाई पनि सर्वोच्चले पुनर्बहाली गर्न आदेश दिन अस्वीकार गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता