नेविसंघ गुल्मीका उप–सभापति वडाध्यक्षको उम्मेदवार !



हुमाकान्त पोखरेल
गुल्मी, ३० चैत ।

नेपाल विद्यार्थी संघ, गुल्मीका उप–सभापति राम्जी पन्थी वडाध्यक्षको उम्मेदवार भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसबाट उनी सर्वसम्मत वडाध्यक्षको उम्मेदवार भएका हुन् । ३० बर्षिय पन्थीले महेन्द्र नमुना माविमा नेविसंघको इकाई सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसपछि उनी नेविसघंको महेन्द्र नमुना माविको इकाई अध्यक्ष, साविक क्षेत्र नम्बर २ को सचिव, जिल्ला सदस्य हुँदै हाल उप–सभापतिको जिम्मेवारीमा छन् ।

पन्थीले दुई बर्ष नेविसंघ गुल्मीको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । आफु युवा भएकोले निर्वाचनमा विजयी हुने दाबी गरे । त्यस्तै विकासको लागि चाहिने बजेटको लागि केन्द्रसम्म पनि आफ्नो पहुँच भएकोले आफु वडाध्यक्षमा विजयी हुनुपर्ने धारणा राखे । आफ्नो सबै जीवन राजनीति र समाजसेवामा लगाउने भन्दै पन्थीले अहिले वडाध्यक्ष र अबको पाँच बर्षपछि रेसुङ्गा नगरपालिकाको मेयरको उम्मेदवार बन्ने बताए ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा ०७४ को निर्वाचनमा नेकपा एमालेका माहेन प्रसाद पाण्डे विजयी भएका थिए । ३४ बर्षिय पाण्डे ५६५ मतका साथ निर्वाचित भएका थिए भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका ५२ बर्षिया रुद्र प्रसाद पाण्डेले ४५४ मत ल्याएका थिए । उक्त वडामा नेकपा माओवादी केन्द्रका पार्वता चुदाराले २५ मत ल्याएकी थिइन् । आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि उक्त वडामा नेकपा एमालेले रामबहादुर थापालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता