नेपाल कम्युनिस्ट पाटी गुल्मीले भोली तम्घासमा एमसिसि विरुद्ध विशाल विरोध प्रदर्शन गर्ने !



भदौ- २६ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले भोली (आईतबार) सदरमुकाम तम्घासमा एमसिसि विरुद्ध बिशाल बिरोध प्रदर्शन गर्ने भएको छ ।
पाटीको केन्द्रिय कार्यक्रम अनुसार भोली सदरमुकाम तम्घासमा सिटि जुलुस सहित विरोध प्रदर्शनको आयोजना गरिको अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले बताए ।
देश भर एमसिसिको विरुद्धमा आवज उठे पनि सरकार एमसिसि पास गर्ने पक्षयमा देखिएको भन्दै सरकारलाई सचेत गराउन आफ्नो पाटिले देशभर विरोध प्रदर्शन गरेको उक्त पाटीले जनाएको छ ।
सरकारले राष्ट्रघाती एमसिसि पास गर्दै देशलाई अफगानिस्तान बनाउने खोजेको उक्त पाटिको ठहर रहेको छ ।
देश र राष्ट्रियता जोगाउन सबै देश भक्त नागरिक एमसिसिको विरुद्ध उत्रन उक्त पाटिले सबै देश भक्त नागरिकलाई अपिल समेत गरेको छ ।
सरकारले अफगानिस्तान र एमसिसि रद्द गरेको शृङ्खला बाट केहि सिक्नु पर्ने उक्त पाटिका जिल्ला सदस्य बसन्त गैरेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता