नेकपा एमालेले धुर्कोट गाउँपालिका १ बाट खत्रीलाई उठाउने !



नेपाल कम्युनिष्ट पार्टी एमाले धुर्कोट गाउँपालिका १ ले डिल बहादुर खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ । आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमाले धुर्कोट गाउँपालिका वडा नं. १, नयाँगाउँको वडा कमिटी बैठकले खत्रीलाई सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो । खत्री नेकपा एमाले वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।
विकास प्रेमी एवं समाजसेवी नेताको रुपमा परिचीत खत्रीसंग ४५ वर्षको राजनितीक अनुभव छ । सत्ता बाहिर हुँदा पनि नयाँगाउँका जनताको समस्यामा सदैव हातेमालो गरेर समस्या समाधानमा अहोरात्र खटिने खत्री नयाँगाउँका जनता माझ लोकप्रिय रहेको जनाइएको छ । एमालेले वडा अध्यक्षको उम्मेदवार टुङ्गो लगाउँदा गठबन्धनको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी टुङ्गो लागेको छैन्।
२०७४ सालको स्थानिय तहको चुनावमा नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलले नेकपा एमालेलाई हराएको थियो । त्यतीबेला कांगे्रस र माओवादीबाट वडाअध्यक्षमा कमल थापा विजय भएका थिए भने एमालेका अशोक मल्ल पराजित भएका थिए । तर अहिले खत्री नयाँगाउँमा विकासप्रेमी एवं समाजसेवी व्यक्तीको पर्यावाचीको रुपमा परिचित नेताको उम्मेदवारी परेकाले गठबन्धनको उम्मेदवारले हराउन खासै सजिलो छैन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता