धुर्कोट नयाँ गाउँमा सम्पन्न एकीकृत घुम्ती शिविर बाट छ सय भन्द धेरै लाभान्वित !



मङ्सिर -१ गुल्मी ।

धुर्कोट गाउँपालिकाको आयोजनामा वडा नम्बर एक नयाँ गाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।
नागरिकलाई घरदैलोमै सेवा तथा सुविधा प्रदान गर्ने उदेश्यले सञ्चालित शिविर बाट नयाँका ६ सय भन्दा धेरै जनता लाभान्वित भएका छन ।
एकदिने घुम्ति शिविरमा भिडियो एक्सरे सहितको नि : शुल्क स्वास्थ शिविर र औसधि वितरण , जेष्ठ नागरिक परिचय पत्र वितरण , अपांग परिचय पत्र वितरण ,व्यवसाय दर्ता तथा नविकरण, गाई ,भैसि र बाख्राको गोबर परिक्षण तथा बैकबाट नयाँ खाता खोल्ने सेवा प्रदान गरिएको थियो ।

जसमा ६० जनाले भिडियो एक्सरे सहित दुई सय १० जनाले स्वास्थ्य सेवा लिएका छन । त्यस्तै एक सय ५८ जनाले जेष्ठ नागरिकले परिचय पत्र प्राप्त गरेका छन भने नौ वटा व्यावसायिक फम नविकरण गरिएको र पाँच वटा नयाँ फम दर्ता भएका छन ।
२३ जनाले बैंकमा नयाँ खाता खोलेको र २ सय दुई घर परिवारका एक हजार भन्दा धेरै पशुचौपायलाई औषधि वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए ।

नागरिकको माग तथा आवश्यककतालाई मध्यनजर गर्दै घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । जुन शिविर बाट नागरिकले अधिकित्तम सेवा सुविधा लिएको र आगामी दिनमा अन्य वडामा पनि यस्ता शिविर आयोजना गर्ने अध्यक्ष पोख्रेलले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता