धुर्कोटमा भेटिएको घाईते चितुवाको उद्धार !



भदौ -१२ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका -५ वस्तुमा घाईते अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको छ ।
हिजो अर्थात (शुक्रबार) देखी वस्तु नजिकै बसिरहेको चितुवाको आज जिल्ला बन कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रभात सापकोटा सहितको टोलीले सोही स्थान बाट चितुवाको उद्धार गरेको हो । १ .५ मिटर लम्वाई, ६० सेमि उचाई रहेको चितुवा बुढो उमेर भएको अनुमान गरिएको छ ।

शरीरका विभिन्न भागमा चोटपटक लागेको चितुवाको अवस्था नाजुक रहेको इस्मा धुर्कोट सब डिभिजन बन कार्यालयका बलराम अर्यालले बताए । अहिले चितुवालाई जिल्ला बन कार्यालय गुल्मीको उपचार केन्द्रमा राखी उपचार सुरु गरिएको सुचना अधिकारी राम बहादुर घलानले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता