धुर्कोटको वाग्लमा बृहत एकीकृत घुम्ती शिविर सम्पन्न ,घरदैलोमै सेवा पाउँदा स्थानीय खुसी !



बैशाख १४ गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका -७ वाग्लामा बृहत एक दिने नि:शुल्क घुम्ती शिविर सम्पन्न भएको छ ।
नागरिकलाई धेरै सेवा सुविधा एकैपटक घरदैलोमा उपलब्ध गराउने उदेश्यले शिविरको आयोजना गरिएको अध्यक्ष भुपाल पोख्रेलले बताए ।
बिहिवार वाग्लामा सम्पन्न शिविरमा ६ प्रकारका सेवा प्रवाह गरिएको गाउँपालिकाका एमआईएस अपरेटर झबिन्द्र भण्डारीले जानकारी दिए ।
जस अन्तर्गत एक सय ६८ जना किसानले दुई सय १३ गाई भैंसी , सात सय ९० बाख्रा र एक हजार सात सय २८ कुखुराको लागि नि: शुल्क औषधि प्राप्त गरेका छन। त्यस्तै ८ वटा कुकुरलाई एन्टिरेविज भ्याक्सिन, दुई वटा पशुको बन्ध्याकरण , एक सय २१ पशुको गोबर परिक्षण,एउटा पशु फर्म दर्ता र २ वटा नविकरण गरिएको छ ।

सेवाग्राहीलाई सेवा प्रवाह गर्दै कर्मचारी ,तस्वीर / झविन्द्र भण्डारी ।

कृषीतर्फ तीन सय ५३ जना किसानलाई बिउपल वितरण , १/१ वटा कृषि समुह दर्ता र नविकरण गरिएको छ । स्वास्थ्य तर्फ तीन सय २१ जनाको स्वास्थ्य परिक्षण गर्दा ,दुई सय ५१ जनालाई औषधि वितरण र १७ जना गर्भवती महिलालाई भिडियो एक्सरे सेवा प्रवाह गरिएको छ ।
शिविर बाट एक सय ७४ जनाले आयुर्वेद उपचार सेवा लिएका थिए ।
त्यस्तै दुई सय १ जनालाई सामाजिक सुरक्षा भत्ता र ३९ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले उल्लेख गरे ।
धुर्कोट गाउँपालिकाले हरेक वर्ष वडाका विभिन्न ठाउँमा विभिन्न प्रकारका स्वास्थ्य शिविरको आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरंतरता दिने उपाध्यक्ष सीता गिरीले प्रतिक्रिया दिइन ।

शिविरमा सेवा लिदै सेवाग्राही / तस्वीर झविन्द्र भण्डारी ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता