धुर्कोटको परमानन्द क्याम्पसमा पोखरेल र पन्थी बीच रोचक प्रतिस्पर्धा हुँदै !



गुल्मी फागुन ३० ।
यहि चैत ५ गते सम्पन्न हुन लागेको स्ववियु निर्वाचनका लागि त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतका सम्पुर्ण आङ्गिक र सामुदायिक क्याम्पसहरुमा चुनाबी माहोलको रौनक छाईरहेको छ ।

ठाउँ र परिस्थिति अनुसार विभिन्न विद्यार्थी संगठनहरुले तालमेल गरेर चुनाबी अभियानलाई सफल पार्न लागिपरेका छन भने कतै रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । कुनै कुनै क्याम्पसमा भने सर्बसम्मत रुपमा प्रतिनिधि निर्बाचित हुने क्रम जारी छ ।

देशभर सत्ता साझेदारी दलहरु बिच गठबन्धन भएतापनी गुल्मी जिल्लामा भने माओबादी निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुको गठबन्धन रहेको छ । गुल्मीका पाँच क्याम्पसमा तालमेल गरेर सर्बसम्मत रुपमा प्रतिनिधि निर्बाचित गरिएको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष राजन पोखरेलले जानकारी दिनुभयो । यसैबिच धुर्कोट गाउँ पालिका ५ बस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा पनि चुनाबी माहोल उत्साहजनक रुपमा अगाडि बढिरहेको छ ।

एक धारमा अखिल (क्रान्तिकारी)का इन्द्र पोखरेल आफ्नो बिरासत जोगाउन लागिपरेका छन भने अर्को धारतर्फ काङ्ग्रेसको बलियो आधार मानिएको ठाउँमा नेबिसंघका थानिश्वर पन्थी स्वबियु समिती आफ्नो मुठ्ठीमा ल्याउने प्रयासमा जुटिरहेका छन । विद्यार्थीसँग सजिलै घुलमिल हुने क्षमता भएका, विद्यार्थी हितका लागि सदैब तत्पर , सामाजिक कार्यमा अग्रसर , हरेक समस्याको समाधानका लागि पहलकदमी गर्न सक्ने गुण भएका, निडर, साहसी, अध्यनशिल , कर्मठ युवाको रुपमा परिचित अखिल (क्रान्तिकारी)का इन्द्र पोखरेललाई अनेरास्ववियुले समेत साथ दिएको छ ।

अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका पोखरेल आफ्नो बिरासत जोगाउन लागिपरेका छन । बि सं २०७३ सालको स्वबियु निर्बाचनमा समेत धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट सित्तल थापा, २०६५ सालको स्वबियु निराबचनमा (क्रान्तिकारी) कै नारायण पाण्डे बिजयी भएका थिए ।

ब्यक्तिगत रुपमा अग्रसर, विद्यार्थीहरुको स्वतन्त्र साथ र अखिल संयुक्त प्यानलले गर्दा अहिले पनि पोखरेलले अध्यक्ष जित्ने अनुमान सजिलै गर्न सकिन्छ । आफू स्वबियु अध्यक्ष हुन योग्य रहेको र स्वबियु निर्बाचन अखिल संयुक्त प्यानलले नै जित्ने अध्यक्षका दावेदार पोखरेलले वताउनुभयो ।

उहाँले आफुले स्वबियु अध्यक्ष जितेपछि क्याम्पसमा सर्बप्रथम पुस्तकालयको ब्यबस्था गरि आम विद्यार्थीले सजिलै पढ्न सक्ने बाताबरणको सिर्जना गर्ने बताउनुभयो । क्याम्पसमा पढाइ संगसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने, शिक्षक र विद्यार्थीबिच सुमधुर सम्बन्ध स्थापित गर्न आवस्यक संयन्त्र प्रयोग गर्ने, माध्यमिक तह सकेपछी उच्च माध्यमिक तहको लागि सदरमुकाम अथवा जिल्ला बाहिर जाने परिपाटीलाई रोक्न लागिपर्ने पोखरेलका मुख्य एजेन्डा रहेका छन ।

त्यसैगरी त्रिबि सङ्ग सम्बन्धित विभिन्न राष्ट्रिय महत्वका बिषयमा भइरहेका बेथितिहरु जस्तै परीक्षा समयमा नहुनु, नतिजा प्रकाशनमा ढिलाई हुनु, विश्व आधुनिक परिवेशमा चलिरहदा पनि फारम भर्ने, सर्टिफिकेट निकाल्ने जस्ता कुरामा अनलाईन प्रणाली लागू गर्न नसक्दा विद्यार्थीले दुख भोग्न बाध्य हुनु जस्ता प्रवृत्तिप्रती पनि आफुले सक्दो पहल गर्ने पोखरेलले बताउनुभयो ।

अर्कातर्फ नेबिसंघबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका थानेश्वर पन्थिले (क्रान्तिकारी)को बिरासत ढलाउने उद्घोष गर्नुभएको छ । आफ्नो स्पष्ट बहुमत रहेको र विद्यार्थीको हक हितमा आफू सदैब लागिपरेकोले सम्पुर्ण विद्यार्थीले आफुलाई निर्बाचित गर्ने पन्थिले बताउनुभयो ।

आफू स्वबियु अध्यक्षमा निर्बाचित भयो भने क्याम्पसको शैक्षिक गुणस्तर , अतिरिक्त क्रियाकलाप , क्याम्पस ब्यबस्थापन लगायतका बिषयमा कार्य गर्ने पन्थिले बताउनुभयो । नेबिसंघको बर्चस्व रहेको धुर्कोटमा नेबिसंघले जित्ने अडान लिईएको छ । अखिल (क्रान्तिकारि)को संयुक्त प्यानलको अध्यक्षमा इन्द्र पोखरेल, सचिबमा बिष्णु घिमिरे , कोषाध्यक्षमा मनिषा नेपालीले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै सदस्यमा मन्जु भण्डारी , प्रजिना खत्री , मनिषा पोखरेल, सरस्वता बिक, रिता रिजालले उम्मेदवारी दिनुभएको छ । यता नेबिसंघको अध्यक्षमा थानिश्वर पन्थी, सचीवमा बिनोद खनाल, कोषाध्यक्षमा बिष्णु थापा, सदस्यहरुमा गिता पन्थी , बसन्ता भुसाल , जानका नेपाली , मिना भण्डारी र अञ्जली बि.क ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता