धुर्कोटको ठुल्दिममा झण्डै चार करोडको पक्की पुल शिलान्यास !



फागुन -१ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका -१ ठुल्दिमा पक्की पुलको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर एक नंया र वडा नम्बर चार जैशिथोकलाई जोड्ने गरी पक्की पुलको शिलान्यास गरिएको हो ।
आइतबार गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल र उपाध्यक्ष शिब केसीले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन । शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले समयमै पुल सम्पन्न भैइ नयाँगाउ र पालिकाको केन्द्र बिच सहज रुपमा यातायात सञ्चालन हुनेमा गाउँपालिका आशावादी रहेको बताए । साथै अध्यक्ष पोख्रेलले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन् ।
त्यस्तै उपाध्यक्ष शिब बहादुर केसीले पक्की पुलको शिलान्यासले धुर्कोट बासीलाई खुसि दिएको बताए ।
२०७९ मङ्सिर २५ गते भित्र सम्पन्न गर्ने गरी तीन करोड ९७ लाख २६ हजार एक सय एघार रुपैयाँमा अन्जना श्रेष्ठ देवी प्रालिले ठेक्का सम्झौता गरेको गाउँपालिकाका पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर कमल जिसिले जानकारी दिए ।
उक्त पुलको ४५ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता