धुर्कोटका अध्यक्ष पोखरेलले गराए बाँदर नियन्त्रणको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण



पुस २९ गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बाँदर नियन्त्रणको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन । शुक्रबार प्रधानमन्त्रीको कार्यालय बालुवटारमा विशेष भेटघाट गर्दै अध्यक्ष पोखरेलले बाँदर नियन्त्रण लगायतका अन्य जनजीवीकाको सभालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
पछिल्लो समय विशेषगरी ग्रामिण क्षेत्रमा बाँदर
,बदेल लगायतका वन्यजन्तुले किसानको बालिमा धेरैनै क्षेती पुराएको हुँदा नियन्त्रणका लागि विभिन्न उपायको बारेमा छलफल गर्नुका साथै, निश्चित मात्रामा मार्ने ,बन्ध्याकरण गर्ने , बाँदर समाएर पाल्ने, बँदेल लगाएतका बन्यजन्तु बर्षको निश्चित समय घरेलुु हतियार प्रयोग गरि शिकार खेल्न खुल्ला गर्ने गरि कानुन निर्माणका लागि अनुरोध गरिएको अध्यक्ष पोखरेल बताए ।

त्यस्तै फरक विषयमा निर्वाचन आयोगले अन्यायपुर्ण रुपमा स्थानीय तहका उमेदवारहरु लाइ गरेको जरिवाना मिनाहा गर्नु पर्ने ,सामाजिक सुरक्षा भत्ता बितरण बैंकहरुले वडातहमै पुगेर बितरण गर्ने ब्यबस्था मिलाउने गरि नेपाल सरकारले पहल गर्नुपर्ने माग राखिएको बताईएको छ ।
अध्यक्ष पोखरेल सहितको समुहले राखेको माग प्रती प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष सकारात्मक हुनुका साथै माग जाहेज रहेको बताउदै आफुले सक्दो सम्बोधन गर्ने प्रचण्डले प्रतिक्रिया समेत दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता