धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ ः विप्लव



असार १ गुल्मी ।

नेकपा महासचिव विप्लवले धर्मेन्द्र–सुदर्शन समूहको दस्तावेज जैसीको पात्रोजस्तै भएको बताएका छन् । महासचिव विप्लवले नेकपाद्धारा बुटवलमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधनगर्दै धर्मेन्द्र समूहले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक विचलन आएपछि आवेग र झोकका कारण उनीहरु पार्टीबाट पलायन भएको बताएका छन् ।
महासचिव विप्लवले धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको मात्रै भएको भन्दै उक्त समूहमा लागेका इमान्दार कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन अपिल गरेका छन् । उनले सिद्धान्त, दर्शन, रणनीति, कार्यदिशा, कार्यनीतिमा कुनै भिन्नता न एको भन्दै जनतालाई भ्रममा पर्न नहुने बताए । उनले धर्मेन्द्र र सुदर्शनमागम्भीर वैचारिक विचलन आएपछि पार्टीले कारवाही गरेको भन्दै उनीहरुले भन्दै आएको चुनावको प्रयोग निमित्त कारण मात्रभएको बताए । उनले प्रतिबन्धको बेला आत्मसमर्पण गरेर पार्टीलाई हैरान पारेकाहरुले अहिले अलग पार्टी बनाएको बताए ।
महासचिव विप्लवले आफुहरु संसदवादी भएर नमर्ने भन्दै संसदवाद र अवसरवादका सम्पूर्ण भ्रमहरुलाई च्यात्दै पार्टी अगाडी बढ्ने बताए । धर्मेन्द्र समूहको विश्लेषण मनोगत भएको भन्दै प्रदेश र संघको निर्वाचन प्रयोग नगर्ने स्पष्ट पारे । उनले कम्युनिस्ट भनेको मालिक नभई सेवक र श्रमजीवी भएको भन्दै २० औं शताब्दीमा देखा परेका समस्याहरुको समीक्षा गर्दै क्रान्तिलाई अगाडी बढाउनुपर्ने बताए ।
प्रशिक्षणमा नेकपा सचिवालय सदस्य बिषमले धर्मेन्द्र र सुदर्शनमा वैचारिक विचलन देखापरेपछि पार्टी भित्र समस्या पैदा भएको बताए । उनले कार्यक्रम र कार्य दिशाको आधारमा पार्टी श्रमिक जनताका बीच स्थापित भएको भन्दै गुटवादी र फुटवादीहरुको भ्रममा नपर्न अपिल गरेका थिए । प्रशिक्षणमा केन्द्रीय सदस्यहरु अनिल शर्मा र आदर्शले समेत प्रशिक्षण दिएका थिए । केन्द्रीय सदस्य एवं नवलपुर नवलपरासी इन्चार्ज शरद वलीले १३ औं केन्द्रीय समितिद्धारा पारित दस्तावेज वाचन, स्वागत केन्द्रीय सदस्यएवं गुल्मी पाल्पा इन्चार्ज अपेक्षाले स्वागत र केन्द्रीय सदस्य एवं अर्घाखाँची इन्चार्ज संगमले सञ्चालन गरेका थिए ।
केन्द्रीय सदस्यएवं रुपन्देही इन्चार्ज भीमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा रुपन्देही, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी, नवलपुर, अर्घाखाँची जिल्लाका सेक्रेटरी, जिल्ला सल्लाहकार, जिल्ला सदस्य एवं विशेष कमिटीका सदस्यहरु गरी २ सयभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा संग्रामी सांस्कृतिक परिवारका कलाकारहरु विहानी र रेश्मीले गीत प्रस्तुत गरेकी थिइन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता