तिहार नजिक आउँदै गर्दा तम्घास बजारमा चहलपहल बढ्यो



गोकर्ण पाण्डे,गुल्मी। नेपालीहरुको दोस्रो ठुलाे महान पर्व शुभ-दिपावली तिहार नजिकदै गर्दा तम्घास सदरमुकाम लगायतका बजारहरुमा उपभोक्ताहरुको तिहार किन-मेल गर्ने भीड बढेको छ । दैनिक उपभोग्य सामग्रीहरु चामल, ध्यू, तेल, मैदा, ओखर,भेली, चामल टिकाको सामग्री, चिनी लगायतका उपभोग्य बस्तुहरुको खरिद विक्री बढेको छ ।

यस्तै तिहारमा उपहार दिनको लागि उपहार
ढाकाका कपडा, फेन्सी हरुमा समेत ग्राहकको भीड बढेको छ । तिहारमा अन्य समय प्रायः सुनसान देखिने फेन्सी, कस्मेटिक, खाध्य स्टोर्सहरु समेत अहिले ग्राहकले भरी भराउ र निकै नै चहल पहल बढेको छ।
अन्य समयको तुलनामा तिहारमा बढी उपभोग्य सामग्री चामल, चिनी, तेल, मिठाइ लगायतका सामग्रीहरुको बढी माग हुने गरेको भट्टराईले बताए, अन्य समयको तुलनामा यहाँका व्यवसायीको कारोवार समेत दोव्वर तेव्वर हुने गर्दछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता