तम्घासमा बढ्यो बाघको आतंक,स्थानीय त्रसित



असोज १३ अनिष पन्थी गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घास आसपासका केही ठाउमा बिगत केही समय एता बाघको आतङक बढन थालेको छ।तम्घासको खानिगाउ,उपल्लो तम्घास ,सोता ,भुजेलखर्क , धागिथुमका केही स्थानमा बाघ पसेसङ्गै स्थानीय त्रसित बनेका हुन र केही स्थानीय हरुको पशुपन्छीको समेत नास गरेको बताइएको छ । पछिल्लो समय मा उपल्लो तम्घास वरिपरि बाघ आतङ्क बढि रहेको छ । र स्थानीय बासिन्दा त्रसित बनेका छन्। करिब २ हप्ता को समयमा ४ ओटा पसु खाएको स्थानीयले जानकारी दिएका छन्। बाघ दिनप्रतिदिन घर घरमा आएर पाठो पाठि खाने गरेको स्थानीय बासिन्दा ले बताएका छन्। र उपल्लो तम्घासको चौडिला मा भौसि लाई पनि आक्रमण गरेर मरेको थियो ।
उपल्लो तम्घास को सोता मा २ दिनको को पाठि लाई आक्रमण गरेर मरेको छ।र एउटा पाठो लाई आक्रमण गरेर घाइते बनाएको थियो।

त्यस्तै सोही उपल्लो तम्घासकै खालाचौरमा नारण आचार्य को घरमा पनि ३ महिना को पाडो लाई पनि आक्रमण गरेर मारेको छ र भैसि पनि आतिएर दुध दिएको छैन उहाँका अनुसार रातको समय आएर मारेको उहाँ ले बताउनु भयो त्यस्तै रेसुङ्गा ९ कै यादव पाण्डेको घरमा पनि आएर पाडोलाइ आक्रमण गरेर मारेको छ। पसुपन्छिको नोक्सानी गरिसकेपछि स्थानियले प्रहरि मा उजुरि गर्नुपर्ने र गरिसकेपछी वडाले सिफारिस बनाइदिएर बन कार्यलयमा पठाउने रेसुङ्गा नगरपालिका वार्ड न ९ का वडा अध्यक्ष नारान बरालले बताउनुभएको छ। बनमा प्राप्त भएका उजुरीलाई बाके राष्ट्रिय निकुञ्जम पठाइने र त्यहाबाट पिडितले क्षतिपुर्ति पाउने डिभिजन बन कार्यलय गुल्मीका सायक बन अधिकृत मदन ढुंगानाले बतानुभएको छ।
अहिले त्यहाँका स्थानीय बासिन्दा हरु ले पाठा पाठि हरु लाई घर भित्र थुन्ने गरेका छ। स्थानीय बासिन्दा ले मानिस लाई त आक्रमण गर्ने त होईन् भनेर चिन्तित भएका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता