जिल्ला खेलकुद विकास समिति गुल्मीको नयाँ कार्यसमिति द्वारा पदभार ग्रहण !



सन्तोष महतारा-गुल्मी, ०४ भदौ ।

गुल्मीमा खेलकुद विकास समितिको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा निवर्तमान कार्यसमिति बिदा भई नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । उनका अनुसार अनुसार नवनियुक्त कार्यसमितिलाई स्वागत र निवर्तमान कार्यसमितिलाई बिदाई गरिएको हो ।

स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले खेलकुदको क्षेत्रमा विकास गर्न सदैव हातेमालो गर्ने बताए । केन्द्र प्रदेश र स्थानीय सरकारबाट छलफल गरेर बजेट विनियोजन गरि खेलकुदको विकास अपरिहार्य भएको भन्दै उनले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । उनले आफू नेतृत्वमा रहेर काम गरिरहँदा जिल्लाको खेलकुद क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे । गत साउन २६ गते जिल्ला खेलकुद विकास समिति गुल्मीमा मनोज काउछा नेतृत्वको कार्यसमिति बनेको थियो । नवनियुक्त अध्यक्ष काउछाले धेरै समय पछि नयाँ समिति गठन भएको भन्दै खेलकुदको क्षेत्रमा विकास गरिने प्रतिबद्धता ब्यक्त समेत गरेका छन् । समितिका निवर्तमान कोषाध्यक्ष कृष्ण विश्वकर्माले खेलकुद विकास समिति कार्यालयलाई धन्यवाद ब्यक्त गरे ।

उनले अनुभवी र गुल्मीको खेलकुदको क्षेत्रमा विकास गर्नुपर्छ भन्ने भावना भएको नेतृत्व भएकोले खुसी लागेको बताएका थिए । जिल्लाको सबै क्षेत्र वा भेगबाट र स्वंम खेलाडी कार्यसमिति भएकोले नयाँ कार्यसमितिबाट खेलकुदको विकास हुने निवर्तमान कोषाध्यक्ष विश्वकर्माले बताएका थिए । आर्थिक, साजिक र सबै क्षेत्रबाट पछि रहेका केही देशले खेलकुदको क्षेत्रबाट प्रगति गरेको भन्दै राज्यले बजेट छुट्टाएर खेलकुदको विकास गर्न आवश्यक रहेको राष्ट्रिय युवा परिषद् गुल्मीका अध्यक्षले बताए । शुभकामना मनव्य राख्दै नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका सदस्य रमेश विश्वकर्माले अघिल्लो कार्यसमितिले जस्तै यस कार्य समितिले पनि उल्लेखनीय काम गर्ने विश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले निवर्तमान कार्यसमितिको कार्यकालमा गुल्मीमा खेलकुदको भौतिक संरचनामा उल्लेखनीय काम भएको बताए । राष्ट्रिय तथा प्रदेश स्तरीय खेलमा पनि गुल्मीबाट सहभागी भई प्रथम, द्वितिय तथा तृतीय भएर फर्किन सफल भएको उनले बताए । कार्यालय प्रमुख विश्वकर्माले कार्यसमितिले खेलकुदको वार्षिक कार्यतालिका बनाएर खेलकुदको विकास गर्न आवश्यक रहेको प्रतिक्रिया दिए । कार्यक्रममा निवर्तमान सदस्य तथा वर्तमान कार्यसमितिका कोषाध्यक्ष महेश काउछाले स्वागत मनव्य राखेका थिए ।

गत साउन २६ गते नियुक्त गरिएको समितिको अध्यक्षमा मनोज काउछा, उपाध्यक्ष कृष्ण थापा, कोषाध्यक्ष महेश काउछा, सदस्यहरूमा ओसन काउछा, नवराज विक, ईश्वर विक, राजन काउछा, यमुना श्रीस र गीता भुसाल रहेका थिए । यसअघि गुल्मीमा कृष्ण प्रसाद भण्डारीको नेतृत्वमा जिल्ला खेलकुद विकास समितिको कार्यसमिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता