चन्द्रकोटका जनप्रतिनिधिका सय दिन पूरा, आश गर्ने खालका कार्यको सुरुवात



महेश बोहरा, भाद्र २२ गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको १ सय दिन पूरा भएको छ । गाउँपालिकाले आफ्नो एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । जेठ ६ गते अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी सहित वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेका थिए । गठबन्धन गरेर निर्वाचित भएको चन्द्रकोटको स्थानिय सरकारलाई धेरैले चासोका साथ हेरेका छन । जनताका बिच विभिन्न प्रतिबद्धता गरेका जनप्रतिनिधीहरुलाई काम गनै पर्ने चुनौती पनि छदैछ ।

पदभार ग्रहण गरेको १ सय दिनको अवधिमा गाउँपालिाकाले विभिन्न क्षेत्रका विज्ञहरूको सुझाब, सल्लाह लिने,भेटघाट गर्ने, जनताका समस्या अझ गहन तरिकाले बुझ्ने र स्थानिय सरकार सञ्चालन ऐनको बारेमा व्यापक परामर्श गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । यस अवधिमा विकासका समग्र आयामहरुको सन्तुलित, दिगो, समतामूलक, समन्यायिक, समावेशी र सहभागितमूलक पद्दतिको स्थापनाद्वारा सुन्दर चन्द्रकोटको निर्माण गर्ने अभिष्ट राखी उक्त दिशामा अहोरात्र कार्य गरेको जनाएको छ । यसै क्रममा सवल एवम् सक्षम चन्द्रकोट समृद्ध चन्द्रकोट वासीको नारालाई व्यवहारतः उतार्नको लागि निरन्तर कार्य गरेको गाउँपालिकाका अध्यक्ष केसीले बताए ।
पदभार ग्रहण गर्दा नै गरेको निर्णयअनुसार गाउँपालिकाको विपन्न नागरिकहरुको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियतको लागि अनुदानको व्यवस्था गरेकोमा हालसम्म १ सय ४७ जना जना लाभान्वित भएका छन्। सुत्केरी हुनका लागि जिल्ला बाहिर रिफर हुने गर्भवती महिलाहरुको यातायात सुविधाको लागि शत प्रतिशत रकम प्रदान गरी निःशुल्क यातायातको व्यवस्थापन गरिएको छ।

यस अवधिमा पालिकाको कार्य प्रकृयालाई थप व्यवस्थित गर्न र प्रभावकारी सेवा प्रवाह गर्न विभिन्न ७ वटा कार्यविधि, २ वटा ऐन तथा १ वटा नियमावली स्वीकृत गरी कार्यान्वयन गरिएको छ भने जनशक्ति व्यवस्थापनमा भर्ना प्रकृयालाई थप विश्वसनीय र योग्य जनशक्ति छनौटको लागि कर्मचारी पदपूर्ति सम्बन्धी कार्यविधिलाई संशोधन गरी लिखित परिक्षाको व्यवस्था समेत थप गरिएको छ। पालिकाका विभिन्न स्थानमा ४ सय ९ (वटा बर्गीकृत  कुहिने र नकुहिने फोहर जम्मा गर्ने) डस्टविनको व्यवस्था गरिएको छ ।

बैकल्पिक उर्जाको प्रवर्धनको लागि पालिकाभित्रका शान्तिपुर बजार क्षेत्र, मजुवा बजार क्षेत्र र एक्लेपिपलमा गरी ७ वटा सौर्य उर्जाको सोलार जडान गरिएको छ। बर्षाको समयमा अवरुद्द हुने सडकलाई तत्काल सुचारु गर्नका लागी व्यस्था गरिएको छ । वडा नं। ६ को टारी र झापक जोड्ने गरी २ सय मिटर लामो झोलुङ्गेपुलको सर्भे सम्पन्न भएको छ। गाउँपालिकाको यातायात गुरुयोजना निर्माण गर्नका लागी प्रकृया अन्तिम चरणमा पुगेको छ । आर्थिक प्रशासन शाखामा विद्युतीय भुक्तानी प्रणाली सुरुवात गरिएको छ । पालिकालाई प्रविधिमैत्री बनाउन ७ वटा वडाहरुमा अनलाईन घटनादर्ताको सुरुवात गरिएको छ ।
रेविज रोग विरुद्द पालिकाभित्रका छाडा तथा पाल्तु कुकुरहरुलाई भ्याक्सिनको व्यवस्था गरिएको र रेविजको संभावित विपद् रोक्न १२ जना नागरिकहरुलाई भ्याक्सिनको लागि आवश्यक प्रवन्ध गरी निःशुल्क रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय सम्म पु¥याईएको छ। यूवाहरुलाई खेलकुद प्रति अभिप्रेरित गर्न राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई पालिकाको तर्फबाट सहजीकरणको प्रवन्ध गरिएको छ। विद्युतीय चुलोलाई प्रोत्साहन गर्न लाभग्राहीलाई प्रति लाभग्राही रु ५ सय अनुदानको व्यवस्था गरिएको छ। ५० प्रतिशत अनुदानमा कृषकहरुलाई विभिन्न यन्त्र उपकरण प्रदान गरिएको छ। बाख्रामा लाग्ने पि।पि।आर। रोग नियन्त्रणको लागि खोपको प्रवन्ध गरिएको साथै क्षति भएका किसानको राहतको लागि आवश्यक पहल गरिएको छ ।

मनसुन जन्य विपद्मा परेका नागरिकहरुलाई विपद्को प्रकृति अनुसार राहत रकम प्रदान गरिएको छ। कुपोषित वालवालिकाको लागि पोषण सम्बन्धी उपचारको लागि शान्तिपुर स्वास्थ्य चौकीमा पोषण क्लिनिकको व्यवस्था गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागी विभिन्न सरोकारवालाहरु सँग छलफल अन्तरक्रिया सम्पन्न भएको छ ।
१ जना छात्र तथा १ जना छात्रालाई प्राविधिक शिक्षालयमा निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको छ। स्वयंसेवीकालाई स्वास्थ्य आमा समुहको बैठक चलाए बापत् यातायात खर्च स्वरुप प्रत्येक महिना ५ सय रुपैया प्रदान गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेवीका हरुको हक र हितका लागि पालिकास्तरिय हकहित मञ्च गठन भएको छ। टोल विकास समिति तथा वजार व्यवस्थापन समितिसँगको सहकार्यमा टोल तथा बजार सरसफाई कार्यक्रम संचालन गरिएको छ ।
पालिकाभित्र चल्ने सार्वजनिक यातायातका साधनका बारेमा अभिलेखीकरणको सुरुवात गरिएको छ । कृषि क्षेत्रको विकासका लागि विभिन्न पकेट क्षेत्रको विस्तार साथै निरन्तरता दिइएको छ । किसानका लागि प्रदान गरिने मलमा बजार मुल्य निर्धारण गरी किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन पहल थालिएको छ । सहकारी क्षेत्रको नियमन र व्यवस्थापनको लागि अभिलेखीकरणको सुरुवात गरिएको साथै सहकारी ऐन निर्माण गरी सोहि अनुसार कार्य गरेको पनि कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको जनशक्ति व्यवस्थापनका लागि सम्बन्धित निकायमा रिक्त दरबन्दीको माग पठाईएको र तत्काल जनशक्ति आवश्यक रहेको तर अस्थाइ करार राख्न मिल्ने पदहरुमा खुला विज्ञापनको माध्यमबाट आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने कार्य भएको छ । वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत जन केन्द्रित योजना तथा कार्यक्रम समावेश गरिएको छ। बार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने कुराहरुलाई सकेसम्म नागरिकमैत्री बनाउन सरोकारवालाहरुसँग राय सुझाव संकलन गरीएको छ । नागरिकहरुसँग प्रत्यक्ष सम्पर्कमा रहि सार्वजनिक सेवालाई चुस्त, छिटो छरितो, पारदर्शी र प्रभावकारी वनाउन निःशुल्क हटलाईन सेवा प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष युवराज केसीले जानकारी दिएका छन । १ सय दिनको काम संक्षिप्त् रुपमा तयार गरि सार्वजनिक गरिएको बताउदै ५ बर्षको कार्यकालमा नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै रोजगारी सिर्जना गर्ने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता