गोर्कण विष्टले भने ,दल विभाजनसम्बन्धी अध्यादेश खेदजनक छ ,फिर्ता लिन बाध्य पारौं



भदौ -१ गुल्मी ।

गुल्मी क्षेत्र नम्वर -२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमालेका नेता गोर्कण विष्टले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशलाई खेदजनक भएको बताएका छन् ।
मंगलवार सामाजिक सञ्जाल फेसबूकमा बिष्टले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरित दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ, बिष्टले भनेका छन्, यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ ।

बिष्टले अध्यादेशले राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्ने उल्लेख समेत गरेका छन् ।

यसले दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु :खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ, ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता