गुल्मेली समाज जापानद्वारा गुल्मीका स्थानीय तहलाई २२ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान



जेठ १८-गुल्मी ।

गुल्मेली समाज जापानले गुल्मी जिल्लाका नौ वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्लाका नौ स्थानीय तहलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा २२ लाख बराबरको स्वास्थ्य सामाग्री सोमबार हस्तान्तरण गरिएको हो ।

पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा पाँच वटा अक्सिजन कन्सेन्टेर, ९० सेट पिपिई, चार हजार पाँच सय माक्स, पाँच सय ३० लिटर स्यानीटाइजर , ४० पिस अक्समिटर र १६ वटा थर्मामिटर गरी करिब २२ लाख बराबारको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

 

कोरोना माहमारीको जटिल परिस्थितिमा केही फ्रन्ट लाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीसंगै जिल्लाबासीलाई सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको गुल्मेली समाज जापानले जानकारी दिएको छ । त्यस्तै, बाँकी रहेका तीन स्थानीय तहलाई पनि छिटै स्वास्थ्य सामाग्री उपलब्ध गराउने र पहल भइरहेको गुल्मेली समाज जापानका सह कोषाध्यक्ष चेतन अर्यालले बताए ।

गुल्मीका स्थानीय तहले गुल्मेली समाज जापानलाई धन्यवाद दिदै प्राप्त स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको लडाई लड्न थप सहज हुने प्रतिक्रिया दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता