गुल्मेली जनताको अभिभावक बन्छु :मन्त्री रामकुमारी झाँक्री



काठमाडौ १३ जेठ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मेली जनताको अभिभावक वन्न्ने वताएकी छन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मी काठमाडौं सम्पर्क मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचनको समिक्षा कार्यक्रममा वोल्दै मन्त्री रामकुमारी झाँक्रीले आफू गुल्मेली जनताको अभिभावक वन्ने वताएकी हुन । लामो समयदेखि राजनीतिमा सक्रिय हुँदै सासंद र मन्त्री भएपनि गुल्मेली जनताको प्रत्यक्ष जनमतले आफू अभिभावक वन्न आतुर रहेको उनले वताईन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले भनिनञ म तपाईंहरु पार्टीका नेता कार्यकर्ताहरुसगै गुल्मेली जनतालाई निरास हुन दिदैन ।झ मन्त्री झाँक्रीले आगामी सघंको निर्वाचनमा गुल्मीवाट आफू उम्मेदवार वन्ने पक्का भएको दावी गरिन ।

उनले गुल्मीको विकास र गुल्मेली जनताको जिवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएको वताईन । स्थानीय निर्वाचनमा भएका केही कमजोरीलाई सिकाईका रुपमा लिएर आगामि सघं र प्रदेशको निर्वाचनमा जानुपर्ने झाँक्रीको भनाइ रहेको छ । विद्रोह गरि पार्टी निर्माण गरेको ८ महिनामा पार्टी र चुनाव चिन्हको यति धेरै जनताको विचमा पुग्न सक्नु र मत लिनु ठुलो उपलब्धिका रुपमा लिनुपर्ने वताईन ।

मन्त्री झाँक्रीका अनुसार स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठवन्धन अधिकाशं ठाउमा सफल भएको वताईन । कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज गणेश खनाल,केन्द्रीय सदस्य प्रमेश पोखरेल,शिव सुवेदी,समीर गौतम,दामोदर चालिसे, दयाराम पाण्डे,विक्रम जिएम,लक्ष्मण झाँक्री,जनक नेपाली लगायतले जिल्लाको स्थानीय तह निर्वाचनको वारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रम मञ्चका उपाध्यक्ष विक्रम जिएमको अध्यक्षता र सचिव समीर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता