गुल्मी भलिबल कप: रेसुङ्गा र छत्रकोट समुह चरण बाटै घर फर्किए



कात्तिक १५ गुल्मी ।
गुल्मी सदरमुकाम तम्घासमा जारी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा मालिका र मदाने गाउँपालिकाले विजय सुरुवात गर्दा रेसुङ्गा नगरपालिका र छत्रकोट गाउँपालिका भने समूह चरणको पहिलो खेल बाटै घर फर्किएका छन् । आज भएको पहिलो खेलमा मालिका गाउँपालिकाले रेसुङ्गा नगरपालिकालाई २-१ को सेटमा हराउदै अघिल्लो चरण प्रवेश गरेको छ । त्यस्तै मदाने गाउँपालिकाले छत्रकोट गाउँपालिकालाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो ।
भलिबल खेल र खेलाडीको विकासको लागि जिल्ला भलिबल संघ गुल्मीले पहिलो पटक प्रतियोगिताको आयोजना गरेको हो । जहाँ महिला र पुरुष दुबै विधाको प्रतियोगिता आयोजना गरिएको छ ।
भोली बिहीबार महिलातर्फका पाँचवटा र पुरुषतर्फका दुईवटा खेल हुनेछन् । महिलातर्फ रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिका भिड्दा , अर्को खेलमा मुसिकोट नगरपालिका र गुल्मीदरबार गाउँपालिका भिड्नेछन् , त्यस्तै मालिका र रुरुक्षेत्र गाउँपालिका बीच टक्कर चल्दा , धुर्कोट र कालिगण्डकी गाउँपालिका पनि प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगितामा पुरुषतर्फको भलिबल खेलमा प्रथम हुनेले ७७ हजार ७७७, द्धितिय हुनेले ५५ हजार ५५५, तृतिय हुनेले ३३ हजार ३३३ र सान्तवना हुनेले ११ हजार १११ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फको खेलमा प्रथम हुनेले ३५ हजार, द्धितिय हुनेले २५ हजार, तृतिय हुनेले १५ हजार र सान्तवना हुनेले १० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताका सबै विजेतालाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता