गुल्मी भलिबल कप: महिला, पुरुष दुबै तर्फको उपाधी सत्यवतीलाई !



डिबी खड्का कात्तिक १८ गुल्मी ।

गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न भएको प्रथम गुल्मी भलिबल कप २०८० को दुबै विधाको उपाधी सत्यवती गाउँपालिकाले उचालेको छ । सत्यवती गाउँपालिकाले महिला, पुरुष दुबै तर्फ कालीगण्डकी गाउँपालिकालाई स्तब्ध पार्दै उपाधी उचालेको हो ।
आज भएको फाइनल खेलमा महिला तर्फ सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । त्यस्तै पुरुष तर्फ पनि सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई २-० को सोझो सेटमा हराउन सफल भयो ।
उपाधी सङै सत्यवती गाउँपालिकाले ७७ हजार सात सय ७७ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीय भएको कालीगण्डकी गाउँपालिकाले ५५ हजार पाँच सय ५५ मेडल र प्रमाणपत्र पायो ।
त्यस्तै मुसिकोट नगरपालिकालाई पराजित गर्दै तृतीय बनेको चन्द्रकोट गाउँपालिकाले ३३ हजार तीन सय ३३ नगद सहित मेडल प्रमाणपत्र पाउँदा सान्त्वनामा चित्त बुझाएको मुसिकोट नगरपालिकाले ११ हजार एक सय ११ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै यता महिला तर्फ सत्यवती गाउँपालिकाले ३५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउँदा , दोस्रो बनेको कालीगण्डकी गाउँपालिकाले २५ हजार,तेस्रो बनेको गुल्मी दरबार गाउँपालिकाले १५ हजार र सान्त्वना बनेको रुरुक्षेत्र गाउँपालिलाले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

भलिबल खेल र खेलाडीको बृहत्तर विकासको लागि जिल्ला भलिबल संघ गुल्मीले पहिलो पटक आयोजना गरेको पालिका स्तरीय प्रतियोगितामा जिल्लाका १२ वटा स्थानीय तह मध्य महिला तर्फ ९ वटा पालिकाले सहभागीता जनाएका थिए भने पुरुष तर्फ १२ वटै पालिकाले सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता