गुल्मी, बाग्लुङ र प्युठानका तीन स्थानीय तहबिच अन्तरक्रिया



१७ कार्तिक, प्युठान । गुल्मी, बाग्लुङ र प्युठानका तीन स्थानीय तहबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका,बागलुङको ताराखोला गाउँपालिका र प्युठानको प्युठान नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्युठान नगरपालिकाको कार्यालयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालनसँगै विकास निर्माणका गतिविधिबारे छलफल र आगामी योजना समेत प्रस्तुत गरेका थिए ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर, प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपती तथा उपप्रमुख शान्ता आर्चयले स्थानीय सरकार सञ्चालन सम्बन्धि आफ्ना अनुभवहरु राखेका थिए ।

उनीहरूले स्थानीय तहमा उत्पन्न हुने समस्या, विकास निर्माणमा देखिएका चुनौतीहरु र समाधानका विषयमा पनि छलफल गरेका थिए ।

यसरी स्थानीय तहबिच अन्तरक्रिया गर्दा अनुभव साटसट हुनुका साथै काम गर्न सहज हुने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता