गुल्मी पश्चिममै पहिलो पटक मालिका मावी द्वारा स्कुल बस सञ्चालन !



भदौ ११ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ स्थित मालिका माविले पहिलो पटक स्कुल बस सञ्चालनमा ल्याएको छ ।
स्कुल बस सञ्चालनमा ल्याए सङै मालिका मावि गुल्मी पश्चिम क्षेत्रमै स्कुल बस सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ ।
सोमबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले एक कार्यक्रमका बिच स्कुल बसको शुभारम्भ गरेका हुन ।
स्कुल बस शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले यातायातको सुविधा प्राप्त भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।
नमुना विद्यालय अन्तर्गत विनियोजित ५० लाख रकम मध्ये विद्यालयले स्कुल बस सञ्चालनको लागि ३० लाख रकम विनियोजन गरेको थियो ।
३७ सिट क्षमता रहेको बस कर छुट सहित  २८ लाख ३३ हजारमा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेल बताए ।
बस शुभारम्भ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल ,वडा अध्यक्ष सुर्य बहादुर जिसी, वडा सदस्य सागर गिरी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद अर्याल ,स्थानीय अभिभावक ,शिक्षक लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता