गुल्मी अपडेट : लगातारको वर्षात्ले जिल्लाका विभिन्न ठाँउका गोठ भत्किदा पशुचौपाय मरे !



अनिल खत्री -१३ भदौ, गुल्मी ।

गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउँदा पशुचौपाया पुरेको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले पशुचौपायाहरुमा क्षति पुर्‍याएको हो ।

कुन ठाँउमा के क्षेती भयो ?
अविरल वर्षाका कारण गएको पहिरोले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने भएको छैन । घरपरिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।
यस्तै गुल्मीको मुसिकोट नगरपालिका–८ ठूलोखर्क बस्ने नरबहादुर पौडेलको गोठ पहिरोले भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैगरी अविरल वर्षाकै कारण गुल्मीदरबार गाउँपालिका–३ फुर्सेका कमलबहादुर कँुवरको दुईतले टिनले छाएको गोठ भत्किँदा चारवटा बाख्रा मरेका छन् ।

मुसिकोट नगरपालिका–१ पौदीअमराईमा पहिरोले हीराबहादुर रानाको घर भत्किएको छ । कुनै मानवीय क्षति नभए पनि घर भने पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक बिग्रनुका साथै ठाँउ ठाँउमा पहिरो जाँदा अवरुद्ध बनेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता