गुल्मीले पत्रकार शुद्धिकरणको ऐतिहासिक कदम उठायो : अध्यक्ष लम्साल



साउन ४ गुल्मी ।
नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकार शुद्धिकरणको पक्षमा आफुहरु बलियो ढंगले उभिएको बताए । उनले महासंघको सुर्खेतको साधरण सभाबाट पारित कार्यविधी र सवै संगठनको सहयोगमा संचालन गरिएको पत्रकार शुद्धिकरण कुनै अवस्थामा नरोकिने बताउँदै शुद्धिकरण अभियानको उर्जाशिल र ऐतिहासिक कदम उठाउने गुल्मी शाखालाई धन्यबाद दिए । उनले समाचार लेख्ने र नलेख्नेहरुसंगै प्रदेशका परेका उजुरीको बिषयमा समेत आफु जानकार भएकाले कुनै आग्रह वा पुर्बाग्रह भन्दा कार्यविधी अनुसार शुद्धिकरण हुने विश्वास व्यक्त गर्दै युनियन आत्तिन वा तर्सिन पर्ने कुनै कारण नभएको बताए । उनले बाटोमा हिड्दा पत्रकारभन्दा अरु नभेटिने अवस्था भएकाले पत्रकारिता गर्ने र कलम चलाउनेहरुको लागि शुद्धिकरण अभियान आवश्यक रहेको बताए । लम्सालले दाइदिदि गुहारेर सदस्यता ल्याउने मानसिकताबाट टाढा रहेर पेशाला मर्यादित बनाउन सवैलाई आग्रह गरे । त्यस्तै नेपाल प्रेस युनियनका केन्दिय उपाध्यक्ष माधव अर्यालले पत्रकारिता पेशाको विश्वासनीयता कायम राख्न शुद्धिकरण अभियान आवश्यक रहेको बताए । उनले समुदायले पत्रकार छुट्याउनै मुस्किल पर्ने स्थिती रहेकाले शुद्धिकरण अभियानलाई अपब्याख्या गरेर अलमलमा कसैले पार्न नहुनेमा जोड दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता