गुल्मीमा ७० दिन पछि जबरजस्ती करणीका आरोपित पक्राउ !



कात्तिक -२७ गुल्मी ।

गुल्मीमा झण्डै ७० दिन पछी जबरजस्ती करणीका आरोपित पक्राउ परेका छन ।
जिल्लाको मुसिकोट नगरपालिका ८ बस्ने शुरेश भनिने चन्द्र सार्की शुक्रबार पक्राउ परेका हुन । गएको भदौ १७ गते मुसिकोट नगरपालिकाकी ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषत्तम पाण्डेले बताए ।
जबरजस्ती करणी गरि फरार रहेका सार्कीलाई खोजतलासको क्रमा मुसिकोट नगरपालिका ८ बाट (हिजो) शुक्रबार पक्राउ गरी अदालत बाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता