गुल्मीमा १५ प्रतिशतले धान उत्पादन घट्यो !



हुमाकान्त पोखरेल÷
११ पौष गुल्मी ।

गुल्मीमा यो बर्ष धान उत्पादनमा कमी आएको छ । गत बर्ष भन्दा यस बर्ष चार हजार ८९ मेट्रिक टन धान उत्पादन कमी भएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ । गत बर्ष जिल्लामा २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष २३ हजार ७१८ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत बर्षभन्दा यस बर्ष १४.७० प्रतिशतले धान उत्पादन घटेको छ । जिल्लामा ३४१ हेक्टरमा चैते र आठ हजार ६७० हेक्टरमा बर्षे धान खेती गरिदैँ आइएको छ । धान रोप्ने बेला खडेरी पर्नु, फल लाग्ने समयमा हावा र बर्षा लाग्नु जस्ता कारणले धान उत्पादन घटेको कार्यालयले जनाएको छ ।

इस्मा गाउँपालिकाको चौरासी, सत्यवती गाउँपालिकाको जोहाङ्ग, अस्लेवा, कालिगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट लगायतका स्थानहरुमा बढी मात्रामा धान उत्पादन हुन्छ । त्यस्तै मुसिकोट नगरपालिकाको तल्लाफाँट, ईन्द्रेगौडा, बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदाने गाउँपालिकाको सिर्सेनी, धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँटहरु, गुल्मीदरवारको गरमटारी, खज्र्याङ्ग र घोडाहाफाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग, उल्लीखोला, टाहाटिम लगायतका स्थानमा धेरै मात्रमा धानको उत्पादन हुने गरेको भण्डारीले बताए । जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धानहरु उत्पादन हुँदै आएको छ ।

धान उत्पादन घट्दा धानको आयात पनि बढिरहेको छ । गत बर्ष जिल्लामा पाँच करोडभन्दा बढीको चामल आयात भएको थियो । तर यो बर्ष धान उत्पादन घट्दा त्यो भन्दा बढी परिणाममा धान आयात हुने कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । औषतमा एक जनाले बार्षिक १३८ केजी चामल खपत गर्ने भण्डारीले बताए । कृषि ज्ञान केन्द्रले स्थानीय बीउ संरक्षणका लागि किसानलाई बीउ समेत वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता