गुल्मीमा लालपुर्जाको लागि दुई हजार भन्दा धेरै घरपरिवारको सिफारिस !



भदौ -३ गुल्मी ।

राष्ट्रिय भुमि आयोग गुल्मीमा लालपुर्जाको लागि जिल्लाका १२ स्थानीय तहका दुई हजार ७३ घरपरिवारको सिफारिस परेको छ ।
आयोगले आफ्नो वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै स्थानीय तह बाट डाटा इन्ट्री भएका निवेदनको बारेमा जानकारी गराएको हो ।
भुमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरी दुई हजार ७३ जनाको निवेदन परेको भुमि आयोग गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।

कुन स्थानीय तहका कति सिफारिस ?

१२ स्थानीय तह मध्ये सबै भन्दा धेरै सिफारिस रेसुङ्ग नगरपालिका बाट लालपुर्जाको लागि सिफारिस भएको पाईएको छ । यस स्थानीय तह बाट भूमिहीन दलित ४८,भूमिहीन सुकुम्बासी ४४ र अव्यवस्थित बसोबास २८३ गरी ३७५ घरपरिवारको डाटा इन्ट्री भएको छ । त्यस्तै मुसिकोट नगरपालिका बाट भूमिहिन दलित ४५, भूमिहिन सुकुम्बासी १९ र अव्यवस्थित बसोबास एक सय ७२ गरी कुल दुई सय ३६ घरपरिवारको डाटा इन्ट्री हुँदा कालिगण्डकी गाउँपालिकाका जम्मा २३ घरपरिवारको डाटा इन्ट्री भएको छ । जहाँ भूमिहीन दलित ५,भूमिहीन सुकुम्बासी ११ र अव्यवस्थित बसोबास ७ घरपरिवार रहेका छन ।
सत्यवती गाउँपालिकामा भूमिहिन दलित १२,भूमिहीन सुकुम्बासी १४ र अव्यवस्थित बसोबास ३२ गरी ५८ घरपरिवारलाई लाल पुर्जाको लागी सिफारिस गरेको छ ।रुरुक्षेत्र गाउँपालिकामा भूमिहिम दलित १०,भूमिहीन सुकुम्बासी २८ र अव्यवस्थित बसोबास १४७ गरी १८५ घरपरिवार सिफारिस हुँदा चन्द्रकोट गाउँपालिका बाट जम्मा ८५ घरपरिवार सिफारिसमा परेका छन । जहाँ भूमिहिम दलित २५,भूमिहीन सुकुम्बासी १७ र अव्यवस्थित बसोबासका १९ घरपरिवार रहेका छन् ।
छत्रकोट गाउँपालिकामा भूमिहीन दलित ८,भूमिहीन सुकुम्बासी १३ र अव्यवस्थित बसोबास १२८ गरी एक सय ४९ घरपरिवार सिफारिसमा परेका छन ।
मदाने गाउँपालिका बाट २० भूमिहिन दलित,१३ भूमिहिन सुकुम्बासी र ५४ अव्यवस्थित बसोबास सहित ८७ घरपरिवारको सिफारिस परेको छ ।
त्यस्तै गुल्मी दरबार गाउँपालिकामा भूमिहीन दलित १०,भूमिहीन सुकुम्बासी १९ र अव्यवस्थित बसोबास १७ सहित ४६ घरपरिवार सिफारिसमा परेका छन् ।
धुर्कोट गाउँपालिका बाट भूमिहिम दलित ४५,भूमिहिन सुकुम्बासी ४ र अव्यवस्थित बसोबास २३७ गरी २८६ घरपरिवार लालपुर्जाको लागी सिफारिसमा परेका छन । इस्मा गाउँपालिकामा भूमिहीन दलित १५,भूमिहीन सुकुम्बासी २५ र अव्यवस्थित बसोबास १९१ गरी २३१ घरपरिवार सिफारिसमा परेका छन् ।
त्यस्तै मालिका गाउँपालिका बाट भूमिहिन दलित ३३, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास २७९ गरी ३३६ घरपरिवार सिफारिसमामा परेका छन । सिफारिमा परेका दुई हजार ७३ घरपरिवारलाई राष्ट्रिय भुमी आयोग गुल्मीले थप छानबिन गरि लालपुर्जा वितरणको कार्य अगाडि बढाउने भूमी आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता