गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

तिलनचन पाण्डे गुल्मी
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको शुभारम्भ गरेका छन्। ज्ञवालीले शनिबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा आफ्नो विवरण डिजिटल प्रणालीमा दर्ता गरेर कार्यक्रमको शुभारम्भ गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
आइतबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने नागरिकका लागि अनिवार्य रूपमा डिजिटल प्रर्णालीमा आफ्नो विवरण उल्लेख गर्ने कार्य हुने भन्दै केही हप्तापछि जिल्लाका १२ वटै स्थानीय तहबाट विवरण दर्ता गर्ने कार्य संचालन गरिने पौडेलले जानकारी दिए। विवरण दर्ता गर्ने कार्यका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।