गुल्मीमा महिलाको कंकाल फेला !



भदौ ४ गुल्मी ।
गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।
आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले
कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए । अन्दाजी ६० वर्षिय महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुवरले उल्लेख गरे ।

शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान भने हुन सकेको छैन ।
अहिले घटना स्थलमा हस्तिचौर प्रहरी चौकी पुगेर अनुसन्धान गरिरहेको छ । साथै कसैको आफ्न्त हराएको भए वडा कार्यालय वा प्रहरी संग सम्पर्क गर्न वडा कार्यालयले अनुरोध समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता