गुल्मीमा बेवारिसे शव फेला !



गुल्मीमा बेवारिसे अबस्थामा शव फेला परेको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा – ४ लुम्दिखोला स्थित बढीगाड खोलाको किनारमा  शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभाट चौधरीले जानकारी दिनुभयो ।
सडेको अबस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

निजको शवलाई इलाका प्रहरी कार्यालय जोहोङको टोलीले स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको  छ ।
शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिने र आफन्तीहरु पहिचान भई आएमा शवलाई जिम्मा लगाइने  गुल्मी  प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता