गुल्मीमा फुपूको घरमा बस्न गएकी १२ वर्षीया नाबालिका बलात्कृत !



साउन ११ गुल्मी ।

गुल्मीमा फुपूको घरमा बस्न गएकी १२ वर्षीया नाबालिका बलात्कृत भएकी छन ।
जिल्लाको इस्मा गाउँपालिका -६ अमरपुरकी १२ वर्षीया नाबालिका आफ्नी फुपूको घर इस्मा गाउँपालिका -४ दोहोली गएको समयमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
साउन ९ गते साझ ७ बजे इस्मा गाउँपालिका ४ दोहोली बस्ने ३७ वर्षीय भुपाल अधिकारीले उनलाई सोहि ठाउँको कुबिन्ने स्थित खरबारीमा ललाई फकाई जबर्जस्ती करणी गरेको गुल्मी प्रहरीले जानकारी दिएको छ ।
करणी गरि फरार रहेका अधिकारीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता