गुल्मीमा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा



गुल्मी, १४ कात्तिक ।
गुल्मीमा हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ । कातिक् १५ गतेदेखि १८ गतेसम्म सन्चालन हुने पालिकास्तरिय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजक जिल्ला भलिबल संघ गुल्मीले जानकारी दिएको छ । पालिकास्तरिय भलिबल् प्रतियोगितामा पुरुष र महिला तर्फ जिल्लाका १२ वटा पालिकाले नै समुह दर्ता गरेको जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले जानकारि दिए ।
अहिले खेल् सन्चालान हुने स्थान चिदिचौर खेलमैदानमा मैदान मर्मतको काम चलिरहेको छ । चार दिनसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने भलिबल कपमा पुरुष तर्फको प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ दृतिय पुरस्कार ५५ हजार ५ सय ५५ तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए ।
यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको महासचिव आचार्यले जानकारी दिए । कपको मुख्य प्रयायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेसुङ्गा नगरपालिका दुई निवासी प्रेम कुँवर रहेको आयोजकले जनाएको छ । कुँवर जिल्ला,अन्चल र देशको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुग्दै दुई पटकसम्म साउथ एसियन कप खेलेको आयोजकले जानकारी दिएको । जिल्लाका स्थानीय तह बिचको आत्मीयता बढाउन, रेसुङ्गा, अर्जुन, उनाएचौर जस्ता धार्मिक एवं पर्यटकीय स्थलको प्रचारमा टेवा पुर्याउन साथै व्यपार व्यवसायीको प्रबर्द्धन गर्नु पनि कपको उदेश्य रहेको आयोजकले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता