गुल्मीमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना पुष्टि,२ जनाको मृत्यु



गोकर्ण पाण्डे ,जेठ -१७ गुल्मी।

गुल्मीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा २९ जना संक्रमित देखिएका छन्।

मुसिकोट नगरपालिकामा १२ जना,मदाने गाउँपालिकामा दुई जना, रुरुक्षेत्र गाउँपालिकामा आठ जना, छत्रकोट गाउँपालिकामा एक जना,कालीगण्डकी गाउँपालिकामा तीन जना, सत्यवती गाउँपालिकामा एक जना र धुर्कोट गाउँपालिकामा दुई गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोनाका सकृय संक्रमित संख्या ६ सय ३२ पुगेको छ। त्यस्तै,गुल्मीमा पछिल्लो २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ।छत्रकोट गाउँपालीका वडा नम्बर ६ का ४१ वर्षिय पुरुष र इस्मा गाउँपालीका वडा नम्बर ६ कि ७८ वर्षिया महिलाको मृत्यु भएको छ ।यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार पाँच ७२ जनाले कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यही जेठ २४ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता